सरकारले संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवालयमा दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
त्यसका लागि संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ काे अनुसूची २ मा हेरफेर गर्ने निर्णय भएको छ।
बुधबारकै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा फागुनबाट रिक्त हुने १८ पदका लागि माघ ११ मा निर्वाचन गर्ने निर्णय गरेकाे छ भने राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण पनि स्वीकृत गरेकाे छ।


