Banijya News

चीनमाथि भन्सार कम गर्ने ट्रम्पको घोषणा

1
1.2K Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमाथि भन्सार दर कम गर्ने घोषणा गरेका छन् । दक्षिण कोरियामा चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै, चीनबाट अमेरिकामा आउने ‘रेयर अर्थ’ (दुर्लभ खनिज तत्व र धातु) माथिको चिनियाँ कडाई खुकुलो गर्ने विषय पनि सल्टिएको बताए ।

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै चीनले दुर्लभ खनिज तत्व र धातुको निर्यातमा कडाई गरे पछि अमेरिका र पश्चिमा देशको अर्थतन्त्रमा ठूलो असर पुगेको थियो ।

चीनसँग चाँडै व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । एपेक सिईओ सम्मेलनमा भाग लिन गएका बेला दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताबारे बेइजिङले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

1

Scroll to Top