Banijya News

महालक्ष्मी विकास बैंकले १०.३७ प्रतिशत लाभांश वितरण गर्ने

1
1.2K Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले कुल १० दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक १७ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर समेत ५ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्नपीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६४ लाख ५८ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । कम्पनीले गत वर्षभन्दा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

1

Scroll to Top