Banijya News

सेबोन अध्यक्षलाई कार्यालय प्रवेशमा रोक लगाएपछि अर्थ मन्त्रालयमा बस्दै बोर्ड बैठक

1
1.1K Shares

नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक अर्थ मन्त्रालयमा बस्ने भएको छ । बोर्डका कर्मचारीहरुले रानीनामा माग गर्दै अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक लगाएपछि बोर्डको सञ्चालक समितिको बैठक अर्थ मन्त्रालयमा आज बस्न लागेको हो।
उक्त बैठक आज बेलुका चार बजे बस्न लागेको हो । श्रेष्ठले कार्यालयमा उपस्थित हुने अवस्था नरहेकाले अर्थ मन्त्रालयमै बैठक डाकेको बताए । बोर्डका कर्मचारीहरु विगत ४३ दिनदेखि आन्दोलनरत छन् । उनीहरुले आफूहरुले पाउँदै आएको सेवा सुविधामा अर्थ मन्त्रालयले अंकुश लगाएको आरोप लगाएका छन् ।

कर्मचारीले गत कात्तिक १६ गतेदेखि अध्यक्ष श्रेष्ठलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।

भदौ ३१ गतेको अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयले धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षा कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, सर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएको भन्दै तत्काल खारेज गर्ने निर्णय गरेको थियो।

यस्तै,मन्त्रालयले प्रचलित कानून विपरीत बनेका कार्यविधिका आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल–उपर गर्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय समेत गरेको छ।

1

Scroll to Top