Banijya News

नेकपा माओवादी केन्द्र विभाजित, जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’

1
1.3K Shares

नेकपा माओवादी केन्द्र विभाजित भएको छ।

नेकपा एकीकृत समाजवादीलगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको माओवादी केन्द्रका नेता जनार्दश शर्माले पार्टी छाडेर नयाँ राजनीतिक अभियान घोषणा गरेसँगै अन्तत: विभाजित भएको हो।

पार्टीका पूर्वउपमहासचिव, जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु भएको घोषणा गरेका छन्।

मंगलवारको पत्रकार सम्मेलनमा शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरे।

शर्माले माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी र नेतृत्व अघि बढेको आरोप लगाएका छन्।

1

Scroll to Top