Banijya News

कृषि विकास बैंकद्वारा १३% लाभांश घोषणा

1
1.2K Shares

कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

घोषित लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ । यस्तै, नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय पनि भएको कम्पनी सचिव हिमलाल पौडेलले जनाएका छन् ।

घोषित लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

1

Scroll to Top