Banijya News

जिन्दगी खुसीमा बाँचेको हेर

1
1.2K Shares

जी शाह

भोली के हुन्छ कसलाई थाह छ

भोली के हुन्छ कसलाई थाहा छ

आज तिमी बिचार गरेर हेर

संसारको कुरा तिमी छोड

जे दिलले भन्छ त्यहि गरि हेर

जे दिलले भन्छ त्यहि हुन्छ

दिललाई तिमी सुनेर हेर

सपनाहरु पूरा बनाउनु सिक

अनि सपनाहरु पूरा भएको हेर

मेहनतको फल मिठो हुन्छ

चाखेर तिमी एक चोटि हेर

मेहनत गरेर अब हेर

आफ्नो फेरेको भाग्य अनि हेर

के कस्तो भन्छ संसारले तिमीलाई

त्यसैले संसारको हरेक रंगमा भिज

जित आफैलाई एक चोटि तिमीले

अनि जिन्दगी खुसीमा बाँचेको हेर

1

Scroll to Top