फागुन २१ को आमनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार आह्वान गरेको छ। शनिबारबाट सुरू भएको यो प्रक्रियामा मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार समानुपातिक उम्मेदवारका लागि ५० हजार रूपैयाँ शुल्क तोकिएको छ भने प्रत्यक्षतर्फ २५ हजार रूपैयाँ तोकिएको छ।
उक्त शुल्क बुझाउन नसक्ने पार्टी सदस्यहरूलाई रकम छुट हुने सहमहामन्त्री अचार्यले बताए। त्यसरी शुल्क तिर्न नसक्ने पार्टी सदस्यहरूले रकम तिर्न नसक्ने वैध कारण खुलाउनुपर्नेछ।


