निजी क्षेत्रहरु बीमा कम्पनीहरुबाट ५० प्रतिशत अग्रिम भुक्तानी लिएर पूर्न निमार्ण गर्ने काम प्रारम्भ गरेका छन् । मंगलबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रले आफ्नो सम्पतीको पूर्न निमार्ण सुरु गरिसकेको जानकारी गराएका हुन्।
उनले बीमा कम्पनीहरुबाट २ अरबको क्यास एड्भान्स भुक्तानी गरिसकेको र त्यसबाट कतिपय व्यवसायिहरुले व्यवसायिक काम नै प्रारम्भ गरेको बताए ।
यस्तै उनले व्यसायीहरुको लागि राष्ट्र बैंकले थप कर्जा लिनु परेमा थप कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको समेत बताए ।
आज बसेको बैठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरु सम्बन्धमा छलफल भएको थियो ।


