Banijya News

कांग्रेसका ४५ निवर्तमान सांसद प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा

1
1.1K Shares

विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा ४५ निवर्तमान सांसद पुगेको दाबी गरिएको छ । कांग्रेसबाट हस्ताक्षर अभियानमा जुटेका नेता श्याम घिमिरेले कांग्रेसका ८८ मध्ये ४५ सांसदले हस्ताक्षर गरेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा घिमिरेले पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेकाले आफूहरूले हस्ताक्षर अभियान चलाएको बताए ।

पार्टीले पुनःस्थापनाका पक्षमा जाने निर्णय गर्नुपर्ने बताएका घिमिरेले ८८ मध्ये ४५ जनाको हस्ताक्षर जुटेको जानकारी दिए । ‘कांग्रेसका निवर्तमान ८८ सांसद मध्ये ४५ जनाले पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्नुभएको छ,’ घिमिरेले भने
।

1

Scroll to Top