Banijya News

निर्वाचन आयोगद्धारा हरित निर्वाचनसम्बन्धी आचरण पालनाको प्रस्ताव

1
1.2K Shares

निर्वाचन आयोगले हरित निर्वाचन (ग्रिन इलेक्सन) सम्बन्धी आचरण पालनाको प्रस्ताव गरेको छ । आयोगले तयार पारेको आचारसंहिताको मस्यौदाको ३६ नम्बर बुँदामा उक्त प्रस्ताव गरिएको छ ।

राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा दलको भ्रातृ संगठन वा उमेदवारको निर्वाचन प्रतिनिधि मतदान प्रतिनिधि वा मतगणना प्रतिनिधिले आचरण पालना गर्नुपर्ने उल्लेख छ । जहाँ निर्वाचन प्रचारप्रसार गर्दा वतावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुर्‍याउने गरी गर्नुपर्ने उल्लेख छ ।

निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली वा घरदैलो कार्यक्रम गर्दा वातावरणमैत्री सामग्रीको प्रयोग गर्नुपर्ने, डिजिटल प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

सभा, जुलुस वा र्‍यालीमा ध्वनि प्रदूषण, जल प्रदूषण वा वायु प्रदूषणलगायतका प्रदूषण न्यून गर्ने उपाय अवलम्वन गर्नुपर्ने, निर्वाचनमा मतदातालाई हरित निर्वाचनलाई सहयोग पुग्ने गरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने आचारसंहिताको मस्यौदामा उल्लेख छ ।

सभा, जुलुस वा र्‍याली जस्ता कार्यक्रम गर्दा वातावरणमा हानिकारक असर नपर्ने गरी वातावरणमैत्री तवरले गर्नुपर्ने विषय समावेश गरिएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । आचारसंहितामा राखिएको प्रस्तावमा सुझाव समेटिने आयोगले जनाएको छ ।

1

Scroll to Top