पार्टी सभापति शेरबहादुर देउवा दम्पत्ति शुक्रबार राति सिंगापुरबाट फर्किएकै भोलिपल्ट(आज) बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे बोलाइएको बैठक अब आगामी मंसिर १ गते सोमबार सोही समयमा बस्ने गरी सारिएको हो । पौडेलले जारी गरेको सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको उल्लेख छ ।
सभापति देउवा फर्किसकेकाले कांग्रेसले अब बिशेष महाधिवेशन वा नियमित महाधिवेशनका बारेमा ठोस निर्णय गर्ने संभावना छ ।


