Banijya News

तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतको वृद्धि

1
1.1K Shares

आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। अघिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो।

प्रदेशगत अनुसार गण्डकी प्रदेशले सबैभन्दा बढी बृद्धिदर देखाएको छ। समीक्षा अवधिमा गण्डकी प्रदेशको तलब तथा ज्याला सूचकाङ्क ९.४२ प्रतिशतले बढेको छ। यस्तै, कोशी प्रदेशको१.१२ प्रतिशत, मधेश प्रदेशको ३.६२ प्रतिशत बृद्धिदर रहेकाे छ।

साथै, बागमती प्रदेशको ४.१६ प्रतिशत, गण्डकी प्रदेशको ९.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ६.६८ प्रतिशत, कर्णाली प्रदेशको १.३६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६२ प्रतिशत रहेको छ।

1

Scroll to Top