Banijya News

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड रुपैयाँ सहयोग

1
1.1K Shares

निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट हिजो भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो ।

परिषद्बाट अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई रकमको चेक हस्तान्तरण गरे । कोषमा अहिलेसम्म सात करोड ५४ लाख जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहनेगरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ ।

समितिको केही दिनअघिको बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय भएको मन्त्री घिसिङको सचिवालयले जानकारी दिएको छ ।

1

Scroll to Top