Banijya News

धरहराबाट ७ करोड ८० लाख सङ्कलन

1
1.2K Shares

एक वर्षमा धरहराबाट ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले ४ लाख १२ हजार जना नागरिकले धरहरा प्रवेश गरेबापत उक्त रकम सङ्कलन भएको रातोपाटीलाई जानकारी दिए ।

२०८१ मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको थियो । त्यसयता हालसम्म उक्त रकम सङ्कलन भएको उनले बताए ।

साथै धरहरा प्रवेशमा ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । जसमा धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ, धरहरा चढ्न नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ ।

विद्यार्थी बालबालिका,अपाङ्ग र वृद्धालाई ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । विदेशी नागरिकका लागि प्रति व्यक्ति १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

साथै अनलाइन र भौतिक दुवै किसिमबाट टिकट काटेर धरहरा प्रवेश गर्न सकिने व्यवस्था रहेको छ ।

1

Scroll to Top