Banijya News

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

1
1.2K Shares

नेपाल फाइनान्स लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले आर्थिक वर्ष ०६७/६८ मा २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यस वर्ष वाहेक कम्पनीले लाभांश वितरण गर्न सकेको छैन् । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि कम्पनीले नेपाल राष्ट्र बैंक समक्ष अनुमति माग गर्ने निर्णय पनि मंसिर १२ गतेकै सञ्चालक समितिको बैठकले गरेको छ । कम्पनी खुद नोक्सानीमा सञ्चालनमा रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ५ करोड ९५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो ।

यस अवधिसम्म कम्पनीको वितरण योग्य नाफा ३३ करोड २६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । हाल कम्पनीको चुक्तापूँजी भने ७५ करोड ९४ लाख रुपैयाँभन्दा बढी छ ।

1

Scroll to Top