Banijya News

सिद्धार्थ बैंकले कामु सीईओमा रामेश्वर प्रसाद

1
1.2K Shares

सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ । मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी बैंकको डेपुटी सीईओ हुन् ।

हालका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ । उनी २०७८ मंसिरमा सीईओ नियुक्त भएका थिए ।

त्यसअघि डेपुटी सीईओ रहेका कँडेललाई नै बैंकले कामु सीईओको जिम्मेवारी दिई पछि सीईओ नियुक्त गरेको थियो ।

1

Scroll to Top