Banijya News

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

1
1.2K Shares

महालक्ष्मी विकास बैंक “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट” विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

आइतबार भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बिच ‘इन्डिया बिजनेस अवार्ड’ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो ।

महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका थिए । बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

1

Scroll to Top