Banijya News

एनआईएमबी एस क्यापिटलद्धारा १५.४६ प्रतिशत लाभांश

1
1.2K Shares

एनआईएमबी एस क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कुल १५.४६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.०९ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

यसअनुसार कम्पनीले ३ करोड रुपैयाँ बराबरको बोनस शेयर र १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। यो प्रस्तावलाई अन्तिम स्वीकृतिका लागि कम्पनीले आगामी पुस २० गते दिउँसो साढे १२ बजे लाजिम्पाट, काठमाडौंस्थित आफ्नै सभाहलमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ।

सोही सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै, जारी पुँजी परिवर्तन गर्नुपरेमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, कार्यकाल सकिएका सञ्चालकहरूको पुनर्नियुक्ति गर्ने र गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको अनुदान रकम अनुमोदन गर्ने एजेन्डा पनि रहेको कम्पनीले जनाएको छ।

1

Scroll to Top