Banijya News

सरकारद्धारा मरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज

1
1.2K Shares

सरकारले मरिसससँगको करिब साढे दुई दशक पुरानो ‘दोहोरो कर मुक्ति सम्झौता’ खारेज गरेको जानकारी मरिससलाई पठाएको छ । आन्तरिक राजस्व विभागले सन् १९९९ अगस्ट ३ मा भएको उक्त सम्झौता खारेज गर्ने निर्णय भएको जानकारी मरिससलाई गराएको हो ।

विभागका अनुसार नेपाल सरकारको तर्फबाट तोकिएको सक्षम अधिकारीको हैसियतले आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले कूटनीतिक माध्यममार्फत सम्झौताको धारा २९ को उपधारा १ बमोजिम सम्झौता खारेजीको औपचारिक पत्र पठाएका छन् ।

मन्त्रिपरिषदको सोमबारको बैठकले मरिसससँगको डीटीएए खारेज गर्ने निर्णय गरेको थियो ।

दोस्रो, विश्वव्यापी कर सहयोगमा परिवर्तन । सन् १९९९ पछि विश्वव्यापी कर शासनमा आमूल परिवर्तन आएका छन् । ओईसीडीको कर आधार कटौती तथा मुनाफा स्थानान्तरण जस्ता परियोजनाले कर सम्झौताहरूमा बढी पारदर्शिता र कर दुरुपयोग नियन्त्रणको माग गर्दछन् । पुरानो सम्झौताले यी नयाँ मापदण्डहरू पूरा गर्न नसक्ने भएकाले खारेजी गरिएको विभागले जनाएको छ ।

पुरानो सम्झौता खारेज भए पनि नेपाल मौरिसससँग द्विपक्षीय आर्थिक र कर सहयोगलाई प्रवर्द्धन गर्न सक्रिय रहने विभागका निर्देशक बासुदेव पौडेल बताउँछन् । डीटीएए खारेजीले नयाँ र आधुनिक ‘दोहोरो कर मुक्ति सम्झौता’ तथा ‘द्विपक्षीय लगानी संरक्षण सम्झौता’ मा वार्ता गर्ने सम्भावनालाई अझ खुला गरेको उनको भनाइ छ ।

अब गरिने कुनै पनि भावी सम्झौता पारस्परिक हित, अधिक पारदर्शिता र परिवर्तित घरेलु तथा विश्वव्यापी आर्थिक वातावरणसँग एकरूपता हुने गरी गरिने विभागले प्रस्ट पारेको छ ।

हालको डीटीएएको धारा २९ मा उल्लिखित प्रावधान अनुसार यो खारेजी नेपालको हकमा आगामी आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुनेछ ।

1

Scroll to Top