Banijya News

आईएमई लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा

1
1.2K Shares

आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीलाई नगद लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको १०.५२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीले प्रतिकित्ता १०.५२६३२ रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।

तर यो लाभांश करसहित हो । कम्पनीले ५२ करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्नेछ ।

नियामक बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले बैंक खातामा नगद लाभांश पाउने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७२ रुपैयाँ छ ।

1

Scroll to Top