Banijya News

को को बन्दै छन् चार नयाँ मन्त्री ? राष्ट्रपति कार्यालयमा पुर्‍याइयो नाम

1
1.2K Shares

अन्तरिम मन्त्रिपरिषद् पुनः विस्तार गरिँदै छ । वर्तमान मन्त्रिपरिषद्‌मा चार नयाँ मन्त्री थपिन लागेको हो ।

थपिन लागेकामा कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । नयाँ बन्न लागेका मन्त्रीको नाम आइपुगेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

उनीहरूको शपथ आज (मंसिर २६) दिउँसो ३ बजेका निम्ति तय गरिएको छ ।

1

Scroll to Top