Banijya News

एमालेको ११औं महाधिवेशन : नेतृत्व छनौटको लागि कार्यतालिका के ?

1
1.1K Shares

नेकपा एमालेको ११औं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि कार्यतालिका सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले आइतबार ७ बजेदेखि मंगलबारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
मंसिर २९ गतेसम्मका लागि महाधिवेशन मिति तय गरिए पनि निर्वाचन आयोगले एक दिन थपेको हो । निर्वाचन आयोगले मंगलबार विहान ११ बजेदेखि ५ बजेसम्म मतदान र त्यसपश्चात मतगणना हुने जानकारी दिएको छ । त्यसअघि सोमबार विहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि साढे १० बजेदेखि मनोनयन दर्ता सुरू गरिने आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोधसहित बेलुका ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

1

Scroll to Top