Banijya News

माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

1
1.1K Shares

सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।

गत असोज १७ गते देखि १९ गते सम्म कोशी प्रदेश लगायत देशको अधिकांश भूभागहरुमा अविरल अति भारी वर्षाका कारण इलाम जिल्लामा बग्ने खोलाहरुमा अप्रत्यासित रुप बाढी आएको कारणले माई बेनी जलविद्युत आयोजनाको भौतिक संरचनाहरुमा ठुलो क्षति पुग्न गई विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको थियो ।

उक्त क्षतिपश्चात कम्पनीद्वारा मर्मत तथा निर्माणकार्य सम्पन्न गरि पुनः प्लान्ट संचालनमा आई आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको कम्पनीले जानकारी दिएको छ ।

1

Scroll to Top