Banijya News

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

1
1.2K Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले यस वर्ष पनि नगद लाभांश मात्र वितरण गर्ने भएको छ । यस अघिको दुई आर्थिक वर्ष पनि नगद लाभांश मात्र वितरण गरेको कम्पनीले यस वर्ष २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को लागि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष कर समेत ३० प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने कम लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि आगामी पुस २९ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ । सभा रानी महल ब्याङक्येट, ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

1

Scroll to Top