Banijya News

पोखराका होटलको अकुपेन्सी रेट ७५ प्रतिशत

1
1.1K Shares

पछिल्लो समय पोखरामा पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल सँगै हाल पर्यटकीय स्तरका होटलको अकुपेन्सी ७५ प्रतिशत पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमन उत्साहजनक हुँदा ७५ प्रतिशत अकुपेन्सी पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

उनका अनुसार ठूला र मुख्य सडक क्षेत्रका होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत पुगेको छ भने पोखराका केही भित्रि भागमा रहेका होटलहरुमा ४० देखि ६० प्रतिशत अकुपेन्सी रहेको छ । पोखरामा संघमा आबद्ध करिब ४ सय होटल रहेका छन् भने उत्तिकै संख्यामा संघमा दर्ता नभएका होटल छन् । मंगलबार र बुधबार ९० प्रतिशत अकुपेन्सी पुग्ने व्यवसायीको अपेक्षा छ । साना–ठूला सहित पर्यटकीय स्तरका होटलमा करिब ४० हजार बेड रहेका छन् ।

यस वर्ष सडक महोत्सवका कारण तुलनात्मक रुपमा पर्यटक आगमन बढेको हो ।

जेनजी आन्दोलनपछि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा महोत्सवले रौनक थपेको रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलको भनाइ छ । पुस १० गते परेको क्रिसमसदेखि चहलपहल सुरु भएको हो ।

1

Scroll to Top