विभाजन उन्मुख भइरहेको भनिएका सभापति शेरबहादुर देउवाले कांग्रेसका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । निर्धारिमत मितिअनुसार नियमित महाधिवेशन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी थालेसँगै राजनीतिक वृत्तमा कांग्रेस विभाजनतर्फ उन्मुख भएको चर्चा भइरहेको छ ।
यही बेला सभापति देउवाले शुक्रबार बिहानका लागि शीर्ष नेताहरुलाई छलफलका लागि महाराजगञ्जस्थित आफ्नो निवासमा बोलाएका हुन् । शुक्रबार अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
यसअघि शीर्ष नेताहरुलाई देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरुलाई आफ्नो निवासमा बोलाएका हुन् । बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । विशेष महाधिवेशनका लागि भन्दै भृकुटीमण्डपमा हलसमेत बुक गरिएको छ ।


