Banijya News

तीन लाख पर्यटकले गरे पाटन दरबार सङ्ग्रहालय अवलोकन

1
1.1K Shares

पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ हजार ३३७ विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका थिए । यस आधारमा सन् २०२५ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ ।

सन् २०२५ मा ४० हजार ४०० नेपाली विद्यार्थी र एक लाख २४ हजार ५५० नेपाली सर्वसाधारणले पाटन दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् । प्रशासकीय प्रमुख लाखेका अनुसार नेपाली पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ ।

विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण जेनजी आन्दोलन र पाटन दरबार क्षेत्रका सडक सुधारका कार्यहरू रहेको प्रशासकीय प्रमुख लाखेले जानकारी दिए ।

1

Scroll to Top