Banijya News

काठमाडौँ महानगरद्धारा न्यायिक सहजकर्ताका लागि आवेदन आह्वान

1
1.2K Shares

काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा कार्य गर्न इच्छुक विद्यार्थीलाई आवेदनका लागि आह्वान गरेको छ।

महानगरपालिकाले आज(सोमवार) एक सूचना जारी गर्दै यसका लागि आवेदन आह्वान गरेको हो।

महानगरपालिकाका अनुसार महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा कार्य गर्नुपर्ने छ।

जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून विषयमा स्नातक तहमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका) इच्छुक विद्यार्थीलाई यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र अनलाइन आवेदन फाराम भर्नुपर्ने छ।

आवश्यक न्यूनतम योग्यतामा नेपाली नागरिक, मान्यता प्राप्त शिक्षण संस्थाबाट कानून विषयमा स्नातक तहमा तीन वर्ष अध्ययन गरिसकेको चाहिने छ। त्यस्तै, अध्ययनरत कलेजको सिफारिस चाहिने महानगरले जनाएको छ।

1

Scroll to Top