Banijya News

किमाथाङ्का अरुण जलविद्युत आयोजनाको लगानी ढाँचा तयार

1
1.1K Shares

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा पहिचान गरिएको ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण हुने भएको छ । कुल ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाको वित्तीय व्यवस्थापनका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्व–पुँजी (इक्विटी) परिचालन गर्ने मोडालिटी तय गरिएको छ ।

ऋण र लगानीको व्यवस्थापन आयोजनाका लागि आवश्यक ६८ अर्ब ५५ करोड रुपैयाँ ऋण ज्क्ष्म्ऋी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र अन्य बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणबाट जुटाइनेछ । बाँकी २९ अर्ब ३८ करोड रुपैयाँ इक्विटीमार्फत संकलन गरिनेछ, जसमा संस्थापकहरूका साथै वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानीय बासिन्दा, अतिविपन्न परिवार र सर्वसाधारणको शेयर सहभागिता रहनेछ ।

सरकारी निर्देशन र प्राथमिकता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रस्तावित लगानी मोडालिटीको समीक्षा गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको छ । विद्युत उत्पादन कम्पनीको दिगोपन र दीर्घकालीन आम्दानीका लागि पनि यो आयोजना कम्पनी आफैँले निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। मन्त्री घिसिङले कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल सञ्चालक समितिबाट पारित गराउन समेत निर्देशन दिनुभएको छ ।

आयोजनाको अध्ययन र पूर्वनिर्माणमा हालसम्म ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ । क्याम्प निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ भने बाँध र विद्युतगृहका लागि आवश्यक जग्गाको मुआब्जा निर्धारण भइसकेको छ (लागत करिब ४५ करोड) । आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत बिक्रीबाट वार्षिक करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

शेयर संरचना विद्युत उत्पादन कम्पनीमा नेपाल सरकारको ३० प्रतिशत शेयर स्वामित्व छ भने प्राधिकरण, सञ्चय कोष र टेलिकमको १०÷१० प्रतिशत हिस्सा रहेको छ। यस्तै, नागरिक लगानी कोष, ज्क्ष्म्ऋी र बीमा कम्पनीहरूको पनि संस्थापक शेयर रहेको छ भने सर्वसाधारणका लागि २९ प्रतिशत शेयर छुट्याइएको छ ।

1

Scroll to Top