Banijya News

टिम बालेनबाट समानुपातिक बन्दसूचीमा परेकी सिर्जनाले लिइन् नाम फिर्ता

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसुचीमा समेटिएकी रुकुम पश्चिमकी सिर्जना ओली ‘सिज्जू’ले नाम फिर्ता लिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार आफूले नाम फिर्ता लिएको जानकारी गराएकी हुन् । आफू यात्रामा रहेको र निर्णयका लागि समय माग गरेको उनले बताएकी छिन् ।

उनले कुनै पार्टीलाई योगदान दिएको कारण नभई देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण आफ्नो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको उनको भनाइ छ । उनको पारिवारिक पृष्ठभूमि भने माओवादी हो । उनका बुबा अहिले पनि माओवादीका नेता हुन् ।

1

Scroll to Top