उर्जामन्त्री कुलमान घिसिङले राजनीतिमा लागेका मन्त्रीहरूलाई पद छाड्न प्रधानमन्त्रीको निर्देशनपछि आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्।
प्रधानमन्त्रीको निर्देशनबारे पत्रकारले सोधेको जिज्ञासामा मन्त्री घिसिङले अहिलेसम्म आफू कुनै पनि दलको सदस्य नभएको स्पष्टीकरण दिएका छन्। रास्वपामा सहमति गरेर कुलमान चुनावमा होमिने तयारी गरेपछि प्रधानमन्त्रीले पद छाड्न निर्देशन दिएकी थिइन्।
त्यसको जवाफमा घिसिङले आवश्यक समयमा राजीनामा दिने पनि बताए।


