नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी घोषणा पुस २९ गते हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार साँझ अबेर सकिएको नेताहरूबीचको परामर्श बैठकले पुस २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने निर्णय गरेको हो।
पुस २९ गते केन्द्रीय सदस्यहरूको घोषणा र शपथ हुने झलनाथ खनालले बताए । पार्टीको बाँकी संगठनात्मक संरचना पनि पुस २९ गतेभित्र तयार गरिसक्ने निर्णय भएको अर्का नेता अग्नि सापकोटाले जानकारी दिए।
कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता हुँदासम्म नेकपामा १६ वटा घटक तथा व्यक्तिहरू समाहित भएका छन्।


