Banijya News

एमाले सांसद राजेन्द्र राईका अमर्यादित शब्दहरू संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

1
1.0K Shares

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईबीच तीव्र विवाद भएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न रु’ भन्दै तिखो टिप्पणी गरेपछि विवादको सुरुवात भएको थियो। सभामुख अर्यालले उनलाई बोल्नबाट रोक्न खोज्दा आक्रोशित बनेका राईले थप आक्रामक हुँदै सभामुखको ‘खुट्टी’ हेरेको छु भन्ने अमर्यादित अभिव्यक्ति दिएपछि संसद्‌मा हंगामा मच्चिएको थियो र बैठक तत्कालका लागि रोक्नुपरेको थियो।

तनावपूर्ण स्थितिबीच १५ मिनेटपछि पुनः सुरु भएको बैठकमा सांसद राईले सुरुमा आफ्ना कुराहरू राखेका थिए। त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले बैठकमा आसन ग्रहण गर्दै राईले प्रयोग गरेका शब्दहरू संसदीय मर्यादा विपरीत रहेको भन्दै ती सबै शब्दहरू हटाउन आदेश दिए। सभामुख अर्यालले माननीय सदस्य राजेन्द्रकुमार राईले बोल्ने क्रममा प्रयोग गर्नुभएका सम्पूर्ण अमर्यादित शब्दहरू संसदीय अभिलेख (रेकर्ड) बाट तत्काल हटाउन संसद् सचिवालयलाई स्पष्ट निर्देशन दिएपछि संसद्को कार्यसूची अगाडि बढेको छ।

1

Scroll to Top