Banijya News

मंत्रिपरिषदद्धारा १५ सहसचिवको सरुवा अर्थ मन्त्रालय र चार प्रदेशका सचिव फेरिए

1
1.0K Shares

सरकारले प्रशासनिक हेरफेरलाई तीव्रता दिँदै १५ जना सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) को एकैपटक सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव बमोजिम विभिन्न मन्त्रालय, संवैधानिक निकाय र प्रदेशहरूमा कार्यरत उच्च कर्मचारीहरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो ।

यस पटकको सरुवामा विशेष गरी अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा ठूलो हेरफेर देखिएको छ। अर्थ मन्त्रालयमा कार्यरत सहसचिव द्वय श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालय र गजेन्द्र कुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। उता, अर्थ मन्त्रालयको रिक्त ठाउँ पूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भीष्मकुमार भुसाल र यमलाल भुसाललाई भित्र्याइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयकै जिम्मेवारी दिइएको छ।

यसैगरी, सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। केन्द्रीय निकायहरू मात्र नभई प्रादेशिक प्रशासनिक नेतृत्वमा पनि सरकारले व्यापक परिवर्तन गरेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रादेशिक सचिवहरू बदलिएका छन्। जसअनुसार परराष्ट्र मन्त्रालयका विन्देश्वर प्रसाद लेखकलाई मधेश प्रदेशको सचिव बनाइएको छ भने अर्थ मन्त्रालयबाट बाहिरिएका रमेश अर्याललाई गण्डकी प्रदेश र भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रमुख प्रशासनिक जिम्मेवारी (प्रदेश सचिव) सुम्पिएको छ।

1

Scroll to Top