Banijya News

लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

1
1.1K Shares

लक्ष्मी सनराइज बैंकको कार्डसम्बन्धी सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ। बैंककाा अनुसार प्रणाली स्तरोन्नतिको कामका कारण आज राति करिब ६ घण्टा कार्ड सेवा अवरुद्ध हुने भएको हो।

बैंकले जारी गरेको सूचनामा हाल प्रयोगमा रहेको कार्ड स्विचमा आवश्यक सुधार गर्नुपर्ने भएकाले अस्थायी रूपमा सेवा बन्द गर्न लागिएको उल्लेख छ।

यस अवधिमा डेबिट, क्रेडिट तथा डलर कार्ड प्रयोग गरी गरिने भुक्तानी सम्भव नहुने बैंकले जानकारी दिएकाे छ। साथै, एटीएमबाट नगद झिक्ने सुविधा, पिओएस मेसिनमार्फत हुने कारोबार तथा अनलाइन किनमेलका भुक्तानी सेवा पनि प्रभावित हुनेछन्।

1

Scroll to Top