Banijya News

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

1
1.1K Shares

उर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसमेत सम्हालेका घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा दिएका हुन्।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने भएपछि उनीमाथि राजनीमा दिनुपर्ने दबाब बनेको थियो। नागरिक सरकार भएकाले कुनै पनि पार्टीको व्यक्ति सरकारमा रहन नहुने भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री कार्कीले बालुवाटारमा घिसिङलाई खादा लगाएर बिदाइ गरेकी थिइन्।

मन्त्री घिसिङले आफू कुनै पनि राजनीतिक दलको सदस्य रहेको भन्ने प्रचारको कडा खण्डन गरेका छन् उनले हालसम्म रास्वपा वा अन्य कुनै पनि दलको सदस्यता नलिएको दाबी गर्दै भने, “पदभन्दा राजनीतिमा आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धता ठूलो कुरा हो। मन्त्री पदबाट बाहिर रहेर पनि म सधैँ जनताकै पक्षमा उभिनेछु।”

 उनले मन्त्री पदबाट राजीनामा दिनु ठूलो कुरो नभएको बताए । उनले राजनीतिमा आत्मसम्मान, नैतिकता र जनताप्रति प्रतिबद्ध हुने भन्दै पदबाट बाहिर रहेर पनि जनताको पक्षमा उभिने बताए ।

1

Scroll to Top