Banijya News

विशेष महाधिवेशनको सन्दर्भमा ललितपुर काँग्रेसमा विवाद

1
1.1K Shares

विशेष महाधिवेशनको विषयलाई लिएर नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरमा विवाद भएको छ ।

ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले केही दिनअघि जारी गरेको विज्ञप्ति आधिकारिक नभएको भन्दै प्रवक्ता सन्तोषराज केसीले आज अर्को विज्ञप्ति जारी गरेपछि विवाद छताछुल्ल भएको हो ।

प्रवक्ता केसीले आज अलग विज्ञप्ति जारी गरेर जिल्ला सभापति श्रेष्ठको विज्ञप्ति अवैधानिक र एकतर्फी भएको जनाएका छन् ।

प्रवक्ता केसीद्वारा जारी विज्ञप्तिमा जिल्ला सभापति श्रेष्ठले गत पुस २३ गते जारी गरेको विज्ञप्ति जिल्ला कार्यसमितिको बैठक र पदाधिकारीसँगको छलफलबिना नै एकलौटी ढंगबाट आएको भन्दै त्यसलाई अवैधानिक ठहर गरिएको छ ।

आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने तालिका सार्वजनिक गरिसकेको अवस्थामा जिल्ला सभापतिले भ्रम सिर्जना गर्ने किसिमले विज्ञप्ति निकालेको भन्दै प्रवक्ता केसीले आपत्ति प्रकट गरेका हुन् ।

उनले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम हुने महाधिवेशनलाई सफल पार्न र आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सक्रिय भई पार्टीका उम्मेदवारलाई विजयी गराउनसमेत अपिल गरेका छन् ।

1

Scroll to Top