Banijya News

काठमाडौंमा यांगोको डेलिभरी सेवा सुरु

1
1.2K Shares

राइड हेलिङ प्लेटफर्म यांगोले नेपाली बजारमा काठमाडौंमा ‘यांगो डेलिभरी’ सेवा सुरु गरेको छ । यस सुविधामार्फत काठमाडौंका बासिन्दा र साना व्यवसायीहरूले एउटै एपबाट राइड हेलिङका साथै सामान ओसारपसार गर्ने डेलिभरी सेवासमेत प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले साना प्याकेज र कागजातका लागि ‘मोटो कुरियर’, मध्यम आकारका सामानका लागि ‘कार कुरियर’ र ठुला तथा गह्रौँ सामानका लागि ‘कार्गो’ गरी तीन फरक विकल्प उपलब्ध गराएको छ ।

यांगो डेलिभरीले सामान ढुवानीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अत्याधुनिक रुटिङ र ब्याचिङ एल्गोरिदमका साथै ‘लाइभ ट्र्याकिङ’ प्रविधिको प्रयोग गरेको छ । जसले गर्दा ग्राहक र कुरियर दुवैले सामानको अवस्थाबारे वास्तविक समयमा जानकारी पाउनेछन् । यो सेवाले आफ्नै सवारी साधन वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूसँग डिजिटल सहकार्य गर्ने मोडेल अपनाएको यांगोको भनाइ छ ।

1

Scroll to Top