टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्यांक समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरिएको जनाइएको छ । यसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न मद्दत पुर्याएको कम्पनीको दाबी छ ।
यस तीन महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघनका कारण कुल २८,२९,६१२ वटा भिडियो हटाइएका छन् । जुलाईदेखि सेप्टेम्बरसम्म सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमध्ये ९८.० प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएका थिए ।
विश्वव्यापी रूपमा, यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२०,४५,३४,९३२) भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो । हटाइएका भिडियोहरूमध्ये १८६,६०८,०८१ भिडियो अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्युपछि ८,९५०,७३५ भिडियो पुनःस्थापना गरिएका थिए ।
सक्रिय रूपमा हटाउने दर ९९.३ प्रतिशत रहेको थियो, जसमा ९४.८ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट २४ घण्टाभित्र हटाइएको थियो । प्लेटफर्मको विश्वसनीयता कायम राख्न यस अवधिमा टिकटकले ११८,६१८,३९९ नक्कली अकाउन्ट हटाएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंकामा थप २२,२२६,५४२ अकाउन्ट पनि हटाइएको छ ।
रिपोर्टअनुसार हटाइएका कुल भिडियोहरूमध्ये ३० प्रतिशतमा संवेदनशील वा वयष्क विषयवस्तु समेटिएका थिए, जुन टिकटकको कन्टेन्ट पोलिसीसँग मेल खाँदैन । थप १५.७ प्रतिशत भिडियोहरूले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लंघन गरेका थिए भने २.७ प्रतिशतले गोपनीयता तथा सुरक्षासम्बन्धी गाइडलाइन उल्लंघन गरेका थिए । यसका अतिरिक्त, ३२.९ प्रतिशत भिडियो गलत सूचना (मिसइन्फर्मेशन) का रूपमा फ्ल्याग गरिएका थिए भने ३४.४ प्रतिशत हटाइएका भिडियो सम्पादन गरिएका वा एआईबाट सिर्जना गरिएका कन्टेन्टका रूपमा फ्ल्याग गरिएका थिए ।


