Banijya News

बैंकहरुद्धारा ८७ अर्ब ५६ करोड रुपैयाँ सुनचाँदी कर्जा प्रवाह

1
1.1K Shares

पछिल्लो समय बैंक तथा वित्तसांस्था बाट सुनचाँदी धितो कर्जा प्रवाह बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म बैंक तथा वित्तसांस्थाको सुनचाँदी धितो कर्जा कर्जा ९५ अर्ब ५४ करोड ३० लाख रुपैयाँ पुगेको छ । जुन गत आवको तुलनामा ४४.२१ प्रतिशतले बढी हो । गत आवमा बैंक तथा वित्तसांस्था बाट ६५ अर्ब ५५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

यस्तै वाणिज्य बैंकहरुले सुनचाँदी धितो कर्जा स्वरुप ८७ अर्ब ५६ करोड रुपैयाँ प्रवह गरेका छन् । यो रकम गत आवको तुलनामा ४४.२१ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको मंसिर मसान्तसम्ममा वाणिज्य बैंकहरुले ६५ अर्ब ५५ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । वाणिज्य बैंक मध्य १४ बैंकले मात्र कर्जा प्रवह गरेका छन् । छ बैंकले भने यस्तो कर्जा प्रवाह गरेका छैनन् । १४ बैंक मध्ये सुनचाँदी कर्जा सबैभन्दा धेरै नेपाल बैंकले प्रवाह गरेको छ । बैंकले ४१ अर्ब ८६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनमा ३५.७४ प्रतिशतले बढी हो। गत आवमा बैंकले २२ अर्ब ६४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यस्तै ,दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको सुनचादी धितो कर्जा ३५.७४ प्रतिशतले बढेको छ । बैंकले ३० अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा ८ अर्ब ९ करोड १० लाखले बढी हो। त्यसैगरि, प्राइम बैंकले ७ अर्ब ८३ करोड ५० लाख, नेपाल इन्भेष्टमेण्टले २ अर्ब ८६ करोड ५० लाख, नबिल बैंकले २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यता, ४ बैंकको उकत कर्जा प्रवाह घटेको छ । कृषि विकास बैंकको ७६.८४ प्रतिशत,प्रभु बैंकको ९२.८६ प्रतिशत र एनआई सी एशिया बैंकको ४७.६८ प्रतिशतले कर्जा प्रवाह घटेका छन् । त्यसैगरी,स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंकहरुले कर्ज प्रवहा गरेनन् ।

1

Scroll to Top