Banijya News

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घढ्यो

1
1.1K Shares

चालु आवको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ अर्ब ८३ करोड रुपैयाँ रहेको खुद नाफा घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद ब्याज आम्दानी पनि १२.८२ प्रतिशतले घटेर ६ अर्ब ४२ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने केही बढेको छ । अघिल्लो आवमा १ अर्ब ५७ लाख रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ९ करोड पुगेको छ ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात ५.८६ प्रतिशतबाट बढेर ७.९० प्रतिशत पुगेका छ । बैंकले कस्ट अफ फण्ड भने ४.६३ प्रतिशतबाट घटाएर ३.६३ प्रतिशतमा झारेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२० गुणा कायम भएको छ ।

1

Scroll to Top