Banijya News

ज्योति विकास बैंकले ल्यायो ग्राहकका लागी राइनो लज एण्ड होटलमा विषेष अफर

1
1.1K Shares

ज्योति विकास बैंक लिमिटेडले चितवन सौराहा स्थित राइनो लज एण्ड होटल सँग सम्झौता गरी बैंकका ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ। सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त होटेलमा २५ प्रतिशत सम्म छुट पाउनेछन्।

सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय सेवा सुविधाका कारण राइनो लज एण्ड होटलु पर्यटकहरू माझ लोकप्रिय गन्तव्यको रूपमा स्थापित भएको छ। बैंकले यस पहलमार्फत आफ्ना ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्य राखेको छ। ज्योति विकास बैंकले संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व र दीगो परिवर्तनमा उच्च प्राथमिकता दिने बताउँदै समाजको अभ्युदयमा योगदान पुर्‍याउँदै आएको छ। बैंकले स्वास्थ्य, शिक्षा र नवजात शिशुको जीवन रक्षा क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्‍याइरहेको छ। प्रतिवर्ष ७० वटा “न्यानो नानी” मार्फत २५९० भन्दा बढी शिशुको जीवन रक्षा गर्न बैंक सफल भएको जनाएको छ।

अर्थतन्त्रमा योगदानको हिसाबले पनि बैंकले आर्थिक वर्षमा कर तिरेको रकम रु. ४१ करोड पुगेको छ। बैंकले हाल उपत्यका र उपत्यकाबाहिर एक सय १८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई वित्तीय सेवा मात्र नभई जीवनस्तर सुधार्ने विविध सुविधा र सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत समाजप्रति आफ्नो दायित्व पुरा गर्दै आएको छ।

1

Scroll to Top