सिम्रिक एयरले आफ्नो सञ्चालनमा एयरबस थप गरेको छ । एयरले आफ्नो सञ्चालनमा एयरबस H125 (AS350 B3e) हेलिकप्टर, दर्ता नं. 9N-AOO थप गरेको छ। यस नयाँ हेलिकप्टरसँग कम्पनीले नेपालका उच्च हिमाली र कठिन भूभागमा अपरेशन क्षमता अझ बलियो बनाएको हो।
एयरबस H125 उच्च उचाइका अपरेशनका लागि विश्वभर मान्य हेलिकप्टर हो। यसलाई विशेष गरी पर्वतीय उद्धार, मेडिकल इभाकुएसन, तीर्थयात्रा उडान, र दुर्गम क्षेत्र चार्टरमा प्रयोग गरिन्छ। शक्तिशाली इन्जिन प्रदर्शन, उत्कृष्ट लिफ्ट क्षमता र विश्वसनीयता यसलाई हिमाली वातावरणमा सञ्चालनका लागि उपयुक्त बनाउँछ। यस नयाँ हेलिकप्टर थपिँदा सिम्रिक एयरले सरकार, पर्यटन तथा ट्रेकिङ अपरेटर, दूतावास, गैरसरकारी संस्था, अस्पताल र आकस्मिक उद्धार टिमहरूलाई अझ सुरक्षित, प्रभावकारी र भरपर्दो सेवा प्रदान गर्न सक्ने भएको छ।
पर्वतीय उद्धार तथा आकस्मिक इभ्याकुएसनदेखि उच्च उचाइ लङलाइन उद्धार अपरेशनसम्मका हवाई सेवाहरू दुर्गम क्षेत्रमा सञ्चालन हुँदै आएका छन्। कार्गो स्लिङ लोड, उच्च उचाइ चार्टर र ट्रेकिङ सपोर्ट उडानमार्फत आवश्यक सामग्री तथा यात्रुहरूको सुरक्षित आवागमन गरिँदै आएको छ। हवाई दमकल र कङ्क्रिट बाल्टी अपरेशनले विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सहयोग पुर्याएको छ। हवाई सर्वेक्षण, ख्क्ष्ए तथा कर्पोरेट चार्टर र तीर्थयात्रा उडानले दुर्गम क्षेत्र पहुँच सहज बनाएको छ। सिम्रिक एयर नेपालमा उच्च हिमाली अपरेशन, उद्धार मिशन, चार्टर सेवा र दुर्गम क्षेत्र हवाई सहयोगमा विशेषज्ञ कम्पनी हो।


