Banijya News

बजारबाट ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

1
1.2K Shares

नेपाल राष्ट्र बैंकले आज ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि तरलता व्यवस्थापनका लागी भन्दै केन्द्रीय बैंकले आज ५२ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गर्न सक्नेछन् । यस निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ । बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने उल्लेख छ ।

चार दिनमै पुनः २० अर्ब निक्षेप संकलन

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले चार दिनअघि २० अर्ब रुपैयाँ झिकेको थियो । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम आवश्यकता भन्दा धेरै बढेपछि तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले अल्पकालीन र दीर्घकालीन दुवै उपकरण प्रयोग गर्दै बजारबाट पैसा तान्ने रणनीति अपनाएको हो ।

यसअघि राष्ट्र बैंकले पछिल्ला दुई सातामा नौवटा ऋणपत्र जारी गरी करिब २ खर्ब रुपैयाँ एक वर्षका लागि बजारबाट झिकिसकेको थियो । त्यही क्रममै चार दिनअघि पनि २० अर्ब रुपैयाँ निक्षेप संकलन गरिएको थियो भने अब पुनः ६३ दिनका लागि २० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बोलकबोलमार्फत यसमा सहभागिता जनाउन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बाह्य क्षेत्रका सूचकहरू मजबुत देखिए पनि आन्तरिक अर्थतन्त्र कमजोर रहेकाले कर्जा माग नबढ्दा अधिक तरलताको समस्या गहिरिँदै गएको छ । रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढिरहे पनि निजी लगानी र उद्योग–व्यवसायमा अपेक्षित चलायमानता नआउँदा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदै गएको छ । यही अवस्थालाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले छोटो समयमै पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट रकम झिकिरहेको हो ।

माघ ७ मा पनि २० अर्ब

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले माघ ७ गते पनि निक्षेप संकलन उपकरण प्रयोग गर्दै २० अर्ब रुपैयाँ बजारबाट तानेको थियो । बैंक तथा वित्तीय संस्थामा कर्जा दिन मिल्ने रकम आवश्यकता भन्दा धेरै भएपछि तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंक सक्रिय बनेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत अल्पकालीन रूपमा बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त रकम तानेर बजारमा ब्याजदर र तरलताको सन्तुलन कायम गर्ने प्रयास गरेको जनाएको छ । पछिल्ला दिनहरूमा रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्रका सूचक सकारात्मक रहे पनि कर्जा माग कमजोर हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको राष्ट्र बैंकको निष्कर्ष छ । यही अवस्थालाई नियन्त्रणमा राख्न केन्द्रीय बैंकले पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

निक्षेप संकलन के हो ?

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण, संस्था तथा व्यवसायबाट बचत, चालु, मुद्दती लगायत विभिन्न खातामार्फत रकम जम्मा गर्ने प्रक्रियालाई निक्षेप संकलन भनिन्छ । यही निक्षेप बैंकहरूको प्रमुख स्रोत हो, जसको आधारमा उनीहरूले कर्जा प्रवाह, लगानी तथा अन्य वित्तीय कारोबार सञ्चालन गर्छन् । सर्वसाधारणले सुरक्षित रूपमा पैसा राख्ने ठाउँ पाउने र बैंकले त्यही निक्षेप प्रयोग गरी अर्थतन्त्रमा कर्जा प्रवाह गर्ने भएकाले निक्षेप संकलन वित्तीय प्रणालीको मेरुदण्डका रूपमा लिइन्छ । निक्षेप संकलन बढ्नुले बैंकमा तरलता सहज भएको संकेत गर्छ भने संकलन घट्नुले कर्जा प्रवाहमा दबाब र ब्याजदरमा उतारचढाव आउने सम्भावना देखाउँछ । त्यसैले मुलुकको आर्थिक गतिविधि, विश्वासको स्तर र बैंकिङ प्रणालीको स्वास्थ्य मापन गर्न निक्षेप संकलनलाई महत्वपूर्ण सूचकका रूपमा हेरिन्छ ।

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ । बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने उल्लेख छ ।

1

Scroll to Top