Banijya News

तोलामा १८ हजार आठ सयले घट्यो सुनको मूल्य

1
1.1K Shares

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । शुक्रबार (माघ १६) सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आजको मूल्य प्रतितोला तीन लाख रुपैयाँ छ । त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।

1

Scroll to Top