Banijya News

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

1
1.1K Shares

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘एमडीआरटी अचिभर्स अवार्ड, २०२६’ सम्पन्न भएको छ। माघ १३ शुरु भई १५ गते पोखरा ग्राण्डमा सम्पन्न कार्यक्रममा सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२६’ का लागि योग्य भएका ११० अभिकर्तालाई सम्मान गरिएको छ। कार्यक्रममा कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्तालाई बधाइदिए। उनले अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन सुझाव दिए।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको बताए। आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे। कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताउनु भयो। आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलो सम्म पुर्‍याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा उत्रिन सुझाव दिए।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गनेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको बताए। उनले जीवन बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफको बजार हिस्सा अझ बढाउनका निम्ति र बीमितको विश्वास कायम राख्न नेपाल लाइफका सम्पूर्ण अभिकर्ता प्रतिबद्ध रहेको दाबी गरे।

पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले अभिकर्ता र बीमितको हकहितका लागि चालिरहेको कदमहरूको सराहना गरे। अभिकर्ताहरुको तर्फबाट मुक्तिनाथ काप्रीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा आज यो संख्यामा एमडीआरटी बन्न सफल भएको धारणा राखे। कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्री पंगेनीको विशेष गायन प्रस्तुति रहेको थियो। व्यङ्गयकार सुबोध गौतम र प्रभात लामाले पनि प्रस्तुति दिएका थिए।

1

Scroll to Top