Banijya News

सिटिजन्स बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

सिटिजन्स बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको २ लाख ६४ हजार ६१.५८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयर बैंकका योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि निवेदन दिँदा १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। सेयर खरिदका लागि १५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

1

Scroll to Top