नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई एवं स्वागत गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रूपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
स्वदेशी उत्पादनहरूको उपभोग बढाउनुपर्नेमा जोड दिनुपर्ने उनले बताए । अध्यक्ष पाण्डेका अनुसार परिसंघले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको छ । उनले परिसंघ र महिला उद्यमी महासंघबीच गहन रूपमा सहकार्य हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताइन् । श्रेष्ठकाअनुसार महासंघ परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्छ ।
सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएका थिए । कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक डा.घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।


