Banijya News

‘राम नाम सत्य’ फिल्म खेल्दाखेल्दै सोही बाटोमा महाप्रस्थान गरे सुनिल थापा

1
1.1K Shares


वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा सुतिरहेकै अवस्थामा बेहोस रहेको फेला परेपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली पु¥याइएको थियो । शुक्रबार राति अबेरसम्म थापाले चलचित्रको छायांकन गरेका थिए । उनी चलचित्र ‘राम नाम सत्य’को छायांकनमा शुक्रवारसम्मै सकृया थिए ।

“हिजो राति अबेरसम्म उहाँ सुटिङको सेटमै हुनुहुन्थ्यो । राम नाम सत्य भन्ने चलचित्रमा अभिनय गरिरहनु भएको थियो,” थापानिकटका कलाकार विल्सन विक्रम राईले भने, “चलचित्रको क्लाइमेक्सको छायांकन भइरहेको थियो, त्यसमै उहाँले अभिनय गरिरहनु भएको थियो ।”

लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । दर्जनौं चलचित्रमा अभिनय गरेका सुनील थापा खलपात्रमा पहिलो रोजाईका कलाकार थिए । थापालाई धेरैले ‘राते काइँला’ भनेर चिन्छन् ।
नेपाली चलचित्रमा ’खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ’राते काइँला’ को नामले चर्चित थिए । बलिउडका ‘कल्ट’ खलनायकको चर्चा गर्दा एउटा त्यस्तो नाम पनि आउँछ, जसले एक समय भारतीय समाजमा एक खाले त्रासदी नै उत्पन्न गराएको थियो ।

थापाको अभिनय यात्रा उच्च स्थानमा छ । अभिनयकै कारण सुनिल थापाको नाम लिनेबित्तिकै एउटा डर समाजमा पैदा हुने गरेको छ । उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्छन् ।

1

Scroll to Top